| शुक्रबार, माघ ४, २०८१

गैरकानूनी काम गरेको आरोपमा वालेटका कर्मचारी पक्राउ

वालेटका सेवाग्राहीले ‘केवाइसी’ रुजु गर्न राखेको विवरण डाउनलोड गरी दुरुपयोग गरेको आरोपमा गोरखा घर भएका वालेटका कर्मचारीहरु पक्राउ परेका छन् । सिरानचोक गाउँपालिका–४ घर भई हाल काठमाडौं बस्दै आएका सविनकुमार कुमाल सहित अन्य दुई जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । कुमालसहित धादिङ ज्वालामुखी गाउँपालिका–५ का साहिल श्रेष्ठ र रामेछापका सुरेन्द्र बस्नेतलाई सोमवार पक्राउ गरिएको प्रहरी उपरीक्षक अंगुर जिसीले बताए ।

‘उनीहरुले वालेटका सेवाग्राहीहरुले आफ्नो वालेटको केवाइसी भेरिफाई गर्न अपलोड गरेका विवरणबाट फोटो, नागरिकताको प्रतिलिपी लगायतका विवरण डाउनलोड गरी आपराधिक गिरोहसँग कमिसन लिई अन्य व्यक्तिहरुको नाममा फरक–फरक मोवाइल नम्वरहरुबाट ५५ वटा भन्दा बढी वालेटहरु गैरकानूनी रुपमा खोली उक्त वालेटहरुलाई रुजु गरी आर्थिक कारोवार गरेको देखिएकाले उनीहरुलाई पक्राउ गरेका हौँ,’ जिसीले भने ।

बिभिन्न स्थानबाट पक्राउ परेका उनीहरुलाई अपराधिक बिश्वासघात गर्न नहुने कसूरमा आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्