| शुक्रबार, माघ ४, २०८१

गोनपा–५ को उपनिर्वाचनमा तीन पार्टी बाहेक सबैको धरौटी जफत

हालै सम्पन्न गोरखा नगरपालिका–५ को उपनिर्वाचनमा तीन ठूला पार्टी बाहेक सबैको धरौटी जफत भएको छ । एमाले, काङग्रेस र माओवादी बाहेक सबैको धरौटी जफत भएको निर्वाचन कार्यालयले जनाएको छ । मतदानका बेला कुल मतसङ्ख्याको १० प्रतिशत भन्दा कम मत ल्याउने उम्मेदवारहरुको धरौटी जफत हुने प्रावधान छ ।

सो मापदण्डअनुसार कांग्रेस, एमाले, माओवादीबाहेक सबै पार्टीका उम्मेद्वारको धरौटी जफत भएको कार्यालयको भनाइ छ ।
नयाँशक्तिका रुपमा उदाएका राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल समाजवादी पार्टीका उम्मेद्वारले पनि दुई अंकको मतमा चित्त बुझाउनु प¥यो ।

‘कुल १३ सय ५५ मत खसेको थियो, त्यसको १० प्रतिशत भनेको १३६ हुन जान्छ’, निर्वाचन कार्यालय गोरखाका सूचना अधिकारी रविलाल सुवेदीले भने, ‘कुल ९ दलका उम्मेदवारीहरु बीच प्रतिश्पर्धा भएकोमा १३६ भन्दा कम मत प्राप्त गर्ने ६ पार्टीका उम्मेदवारको धरौटी जफत भएको हो ।’

उम्मेदवारहरुले महिला र दलितको हकमा ५०० र अन्यको हकमा रु एक हजार रुपैँया धरौटी बुझाएको उनले बताएका छन् ।
‘१३६ भन्दा बढी मत ल्याउनु हुने ३ जना उम्मेदवारहरुको भने धरौटी रकम फिर्ता हुन्छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्