| शुक्रबार, माघ ४, २०८१

सोमबारदेखि ‘जुग्दी खोला राइनास जुम्ली चौतारा’ सडकखण्ड बन्द

सहिदलखन गाउँपालिका–४ स्थित जुग्दी खोला राइनास जुम्ली चौतारा सडकमा स्तरोन्नतिको काम सुरु भएको छ । सडकको काम सुरुभएसँगै उक्त सडकखण्ड बन्द रहेको छ । पालिकाले एक सूचना जारी गर्दै गत सोमबारदेखि सडकखण्ड बन्द रहेको जनाएको हो ।

सहिदलखन–४ स्थित ताक्लुङ राइनास बुट्टार जाने चोकदेखि गण्डकी गाउँपालिका–१ बुट्टार जोड्ने सडकखण्ड बन्द रहने पालिकाले जनाएको छ । ‘मंसिर १७ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि उक्त सडकखण्ड बन्द रहने छ’, सूचनामा भनिएको छ ।

गण्डकी प्रदेश, भौतिक पूर्वाधार मन्त्रालय, पोखराको आर्थिक वर्ष २०८०/८१ को वार्षिक स्वीकृत कार्यक्रम अन्तरगत विनियोजित रकमबाट सडक स्तरोन्नतिको काम संचालन भएको वडाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्