| आइतवार, माघ २७, २०८१

गोरखामा तमु ल्होसारको रौनक (फोटो फिचर)

तमु समुदायको उद्गम स्थल गण्डकी प्रदेशका विभिन्न जिल्लामा तमु ल्होसार हर्षोल्लासका साथ मनाइएको छ । गोरखामा पनि तमु ह्युला छोँजधि, गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्य समिति एवं भातृ तथा भगिनी संस्थाहरुले संयुक्त रुपमा विभिन्न कार्यक्रम गरी तमु ल्होसार धुमधामले मनाएका हुन् ।

गरुड बर्गलाई बिदाइ र सर्प बर्गलाई स्वागत गर्दै तमु समुदायले सोमबार धुमधामले ल्होसार मनाएका हुन् ।
सोमबार बिहान विभिन्न झाँकीसहित मौलिक भेषभुषामा ठाँटिएका तमु समुदायका ¥यालीले गोरखा बजार परिक्रमा गरी रङ्गशालामा औपचारिक कार्यक्रमको आयोजना गरेका छन् ।

गोरखा गुरुङ समुदायको बाहुल्यता भएको जिल्ला हो । दुईलाख ५१ हजार २७ जनसंख्या रहेको गोरखामा सबैभन्दा धेरै जनसंख्या गुरुङ समुदायको छ । २०७८ सालको जनगणनाअनुसार गोरखामा गुरुङ समुदायको जनसंख्या ५२ हजार २२१ रहेको छ ।

गोरखाका ११ वटा पालिकामध्य विशेषगरी धार्चे, बारपाक सुलीकोट, अजीरकोट र सिरानचोक गाउँपालिकामा अधिकांश गुरुङ समुदायको बसोबास छ । प्रत्येक गाउँपालिकामा तमु समुदायको बसोबास रहेको छ ।