| आइतवार, माघ २७, २०८१

भिमसेनथापा चौँथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

भिमसेनथापा गाउँपालिकामा चौँथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । पालिकाको खेलकुद बिकास समितिको आयोजनामा भिमसेनथापा–६ बगुवा स्थित शान्ति माविमा आइतबारबाट प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगितामा पालिकाभित्रका १२ वटा विद्यालयहरुले सहभागिता जनाएका छन् । तीन दिनसम्म चल्ने प्रतियोगितामा छात्र र छात्रातर्फ १६ विधामा प्रतियोगिता हुने पालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष लोकप्रसाद बञ्जरा, उपाध्यक्ष अमृता देवी वस्ती, प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारी, पालिका खेलकुद बिकास समिति संयोजक निराजन श्रेष्ठ, लगायतको उपस्थितीमा प्रतियोगिताको उद्घाटन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्