| आइतवार, माघ २७, २०८१

लोकतान्त्रिक यातायात व्यवसायी संघ गोरखामा मल्ल

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ गोरखाको अध्यक्षमा उज्वल राज मल्ल चयन भएका छन् । संघको आइतबार सम्पन्न प्रथम जिल्ला अधिबेशनले मल्लको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको हो ।

जसको उपाध्यक्षमा दिपक खत्री, सचिवमा गकुल भट्ट र कोषाध्यक्षमा कुमार खत्री चयन भएका छन् । सदस्यहरुमा सुमन बानियाँ, अर्जुन भट्ट, दिपक ढकाल, राजेन्द्र ढकाल र टुकनाथ ढकाल (गकुल) छन् ।

नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष महेश थापाको अध्यक्षता एवं कांग्रेस जिल्ला उपसभापति धिरन थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल लोकतान्त्रिक यातायात संघका केन्द्रिय सदस्य भानुभक्त बराल, गोरखा नगरपालिकाका निवर्तमान नगरप्रमुख राजनराज पन्त, कांग्रेस जिल्ला सचिव किशोरजंग थापा, संघका प्रदेश सचिव मेघराज त्रिपाठी, प्रदेश सदस्यहरु नारायण दानी, कृष्ण मल्ल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्