
भीमसेन थापा राष्ट्रपति रनिङ शिल्डको उपाधी सरस्वती माविलाई
भीमसेन थापा गाउँपालिकाको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी सरस्वती मावि बोर्लाङले जितेको हो । विभिन्न विधामा भएको खेलमा ६ स्वर्ण, ८ रजत र २ कास्य पदक जित्दै सरस्वती उपाधी बिजेता बनेको हो ।
प्रतियोगितामा ५ स्वर्ण, २ रजत र ४ कास्य पदक जित्दै नवजागृतिचण्डी मावि अश्राङ दोस्रो बनेको छ । प्रतियोगितामा जागेश्वर मावि बोर्लाङ तेस्रो भएको छ । उक्त बिद्यालयले कुल ४ स्वर्ण, २ रजत र २ कास्य पदक जितेको पालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख यानबहादुर नेपालीले बताए ।
बिजेता बिद्यालयलाई मंगलवार एक कार्यक्रमकाबीच पुरस्कार वितरण गरिएको छ । वडा नम्वर ६ बगुवास्थित शान्ति माविको प्राङगणमा आइतबारबाट प्रतियोगिता सुरु भएको थियो । प्रतियोगितामा पालिकाभित्रका १२ वटा विद्यालयहरुले सहभागिता जनाएका थिए । तीन दिनसम्म संचालन भएको प्रतियोगितामा छात्र र छात्रातर्फ १६ विधाका खेलमा प्रतियोगिता भएको थियो ।