
गोरखा अस्पतालमा रेबिज खोपको अभाव
गोरखा अस्पतालमा रेबिज खोपको अभाव भएको छ । प्रदेश स्वास्थ्य व्यवस्थापन आपूर्ति केन्द्रबाट खोप नआएपछि अभाव भएको हो ।
अस्पतालमा मात्र नभएर समग्र जिल्लामा नै रेबिज खोपको अभाव भएको गोरखा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट सिद्धार्थ खनालले बताए । ‘अस्पतालमा पर्याप्त मात्रामा रेबिज खोप नभएपछि स्वास्थ्य कार्यालयमा बुझेका थियौँ तर त्यहाँको अवस्था पनि उस्तै रहेछ’, उनले भने, ‘हालका लागि आँबुखैरेनी अस्पतालसँग समन्वय गरेर खोप ल्याएका छौँ ।’
प्रदेशबाट पनि केही दिनमा खोप प्राप्त हुने उनले बताए । आपूर्ति केन्द्रको खोपहरु ल्याव परिक्षणका लागि पठाइएकाले रेबिज खोपको अभाव भएको उनले जानकारी दिए । अस्पतालमा दैनिक जसो रेबिज बिरुद्धको खोप लगाउन आउने गर्छन् ।