
नवौँ गोर्खाली रनिङ कप फुटबल प्रतियोगिता फागुन ७ गतेबाट
यही फागुन ७ गतेबाट जिल्लाको सर्वाधिक पुरस्कार राशीको नवौँ गोर्खाली रनिङ कप फुटबल प्रतियोगिता हुने भएको छ । हरमटारी क्लवको आयोजनामा ‘गोर्खाली रनिङ कप गोर्खालीको शान, समग्र जिल्लाकै खेलकुद बिकास गराउने हरमटारी क्लवको अभियान’ भन्ने मुल नाराका साथ फागुन ७ देखि १४ गतेसम्म प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिताको बिजेताले चार लाख रुपौयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका महासचिव किरण ढकालले बताए । उपबिजेताले दुई लाख रुपौयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने उनले जानकारी दिए । खेलमा अनुशासित टिमलाई ३५ हजार, सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार, उच्च गोलकर्तालाई १५ हजार, सर्वोत्कृष्ट गोलरक्षकलाई १५ हजार र उदायमान खेलाडीलाई रु १० हजार नगद पुरस्कारको समेत व्यवस्था रहेको छ ।
गोर्खाली रनिङ कप हरमटारी क्लवको गहना रहेको आयोजक हरमटारी क्लवको भनाई छ । प्रतियोगितामा १६ टिमको सहभागिता रहने अनुमान क्लवको छ । टिम दर्ता शुल्क १५ हजार तोकिएको छ । खेल सदरमुकामको हरमटारीमा रहेको खेलमैदानमा हुनेछ ।