| आइतवार, माघ २७, २०८१

लागु औषध कारोबारी पक्राउ

इलाका प्रहरी कार्यालय आँबुखैरेनीले लागुऔषध ओसारपसार गरेको आरोपमा एक युवालाई पक्राउ गरेको छ । पृथ्वीराजमार्गमा सवारी चेकजाँचको क्रममा २६७ थान लागुऔषध सहित लम्जुङका एक युवा पक्राउ परेका हुन् ।

आँबुखैरेनी गाउँपालिका वडा नं. ४ बेनिटारस्थित पृथ्वी राजमार्ग सडक–खण्डमा प्रहरी टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा जिल्ला लमजुङ बेसिशहर नगरपालिका वडा नं. ८ का २४ का बर्षीय प्रवीन चौधरी पक्राउ परेका इप्रकाले जनाएको छ ।

उनको साथबाट प्रहरीले डाइजेपाम ८९ एम्पुल, फेनार्गन ८९ एम्पुल र बुफ्रेनर्फिन ८९ एम्पुल गरी जम्मा २६७ एम्पुल लागु औषधसहित चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको थप अनुसन्धान कार्य भईरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्