| आइतवार, माघ २७, २०८१

बुढीगण्डकीमा हाम्फालेर एक पुरुष बेपत्ता

बुढीगण्डकी नदीमा हाम्फालेर एक पुरुष बेपत्ता भएका छन्। मंगलबार दिउँसो आरुघाट गाउँपालिका–९ आरुघाट बजार बस्ने ६९ वर्षीय विष्णु श्रेष्ठ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

श्रेष्ठ आरुघाट र भिमसेनथापा गाउँपालिकाको सिमानामा पर्ने स्तुल खोलाको दोभानबाट बुढीगण्डकी नदीमा हाम्फाली बेपत्ता भएको प्रहरी निरिक्षक ध्रुव प्रसाद शर्माले बताए । श्रेष्ठको खोजतलास भईरहेको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्