| आइतवार, माघ २७, २०८१

द्रव्यशाह बहुमुखी क्याम्पसका संस्थापक र सहयोगीको सालिक निर्माण


गोरखा नगरपालिका ९ स्थित द्रव्यशाह बहुमुखी क्याम्पसमा संस्थापक मोहननारायण श्रेष्ठ र सहयोगी जेनिस यम ह्विपलको सालिक निर्माण गरिएको छ ।

हालसालै निर्माण सम्पन्न भएको दुवैजनाको सालिक बुधबार क्याम्पसको वार्षिक उत्सवको उपलक्ष्यमा अनावरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्व विद्यालयका रजिष्ट्रार केदार रिजालले सालिकको अनावरण गरेका हुन् ।
द्रव्यशाह बहुमुखी क्याम्पसकौ शैक्षिक, भौतिक विकासका लागि अमेरिकी नागरिक हिप्पलले नौ करोड ७८ लाख ८९ हजार रुपैयाँ आर्थिक सहायता प्रदान गरेका थिए । त्यस्तै गोरखा क्याम्पसमा शिक्षा संकायको मात्र पढाइ भइरहेको अबस्थामा धेरै संकायमा पढाइ हुनेगरी द्रव्यशाह बहुमुखी क्याम्पस स्थापनाका लागि संस्थापक क्याम्पस प्रमुख मोहन नारायण श्रेष्ठले अविस्मरणीय योगदान दिएका थिए । स्वर्गीय श्रेष्ठको स्मृतिमा उनका परिबारले सातलाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा पनि गरेका छन् ।

२०४२ सालमा स्थापना भएको द्रव्यशाह बहुमुखी क्याम्पसले त्रिभुवन विश्वविद्यालयबाट अनुमति पाएको माघ १६ गतेलाई बार्षिक उत्सवका रुपमा बिगतदेखि मनाउँदै आएको छ ।

क्याम्पस संचालक समितिका अध्यक्ष सितलकाजी मास्केको अध्यक्षतामा बुधबार सम्पन्न बार्षिक उत्सव कार्यक्रममा त्रिविका रजिस्ट्रार रिजाल, गोरखा नगरपालिकाकी उपप्रमुख मसलीमाया थोकर, नेपाली कांग्रेसका जिल्ला सचिव किशोरजंग थापा, नेकपा एमालेका जिल्ला सचिव काजिराम रोका, माओवादी केन्द्रका सचिव अकुर तिमिल्सिना, नेपाल समाजवादी पार्टी(नयाँशक्ति)का रोहिणीप्रसाद पाण्डे, मोहन नारायण श्रेष्ठका सुपुत्र मनोज श्रेष्ठ, संस्थापक सदस्य बद्रीबहादुर मास्केलगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्