| आइतवार, माघ २७, २०८१

सेरामा दोस्रो वडाअध्यक्ष कप, शिक्षक मैत्रीपूर्ण भलिबल प्रतियोगिता

पालुङटार नगरपालिका ९ सेरामा दोस्रो वडाअध्यक्ष कप शिक्षक मैत्रिपूर्ण भलिबल प्रतियोगिता सुरु भएको छ । वडा कार्यालयको सहयोगमा त्रिवेणी माविको आयोजना एवं पानपा–९ को प्रायोजनामा बुधबारबाट दुईदिन पालिका स्तरीय भलिबल प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको पहिलो दिन बुधबार चार खेलहरु सम्पन्न भएका छन् । पहिलो खेल जीवनज्योति मावि च्याङली र अन्नपूर्ण मावि खोप्लाङबीच भएको थियो । सो खेलमा जीवनज्योति मावि विजयी बनेको छ । यस्तै, अमरज्योति जनाता मावि लुईटेल र आयोजक त्रिवेणी मावि सेरबीच भएको दोस्रो खेलमा अमरज्योति मावि विजयी बनेको छ भने लक्ष्मी मावि गाईखुर र अकला मावि रातमाटे बीच भएको तेस्रो खेलमा लक्ष्मी मावि विजयी बनेको आयोजक त्रिवेणी माविले जनाएको छ । यसैगरी बालज्योति बोर्डिङ ठाँटीपोखरी र धर्मोदय मावि मिरकोटबीच भएको चौँथो खेलमा धर्मोदय मावि विजयी बनेको बताइएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले एउटा खसीसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने उल्लेख छ । साथै, दोस्रो र तेस्रो हुने टिमहरुले बोका र प्रमाणपत्र प्राप्त गर्ने आयोजक विद्यालयको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्