| आइतवार, माघ २७, २०८१

शिक्षक मैत्रीपूर्ण भलिबल प्रतियोगिताको उपाधि धर्मोदय माविलाई

पालुङटार नगरपालिका–९ सेरामा सम्पन्न दोस्रो वडाअध्यक्ष कप अन्तरगत भएको शिक्षक मैत्रिपूर्ण भलिबल प्रतियोगिताको उपाधि धर्मोदय मावि मिरकोटले हात पारेको छ । यस्तै, प्रतियोगितामा मिरकोट मावि दोस्रो र अमरज्योति जनता मावि लुईटेल तेस्रो बनेको आयोजक त्रिवेणी माविले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमले खसीसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो र तेस्रो हुने टिमहरुले बोका र प्रमाणपत्र प्राप्त गरेको त्रिवेणी माविका प्रधानाध्यापक गणेशराज सेडाईले बताए । पालिकाभित्रका १० विद्यालयहरुले सहभागिता जनाएको प्रतियोगितामा सहभागि सबै विद्यालयहरुलाई प्रमाणपत्र प्रदान गरिएको उनले जानकारी दिए ।

त्रिवेणी माविका व्यवस्थापन समिति अध्यक्ष अमृतबहादुर नगरकोटीको अध्यक्षता एवं पालुङटार नगरपालिकाकी उपप्रमुख बन्दना पाण्डेको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण कार्यक्रम भएको थियो । कार्यक्रममा पानपा–९ का वडाध्यक्ष भेजराज पाण्डे, त्रिवेणी माविका प्रअ गणेशराज सेडाई लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्