
गोरखामा करेन्ट लागेर एक वृद्धको मृत्यु
करेन्ट लागेर गोरखामा एक वृद्धको ज्यान गएको छ । हलो बनाउनका लागि रुख चढ्ने क्रममा करेन्ट लागेर भीमसेन थापा गाउँपालिका–४ गैरागाउँका ७० बर्षीय खुन्ते सार्कीको ज्यान गएको प्रहरीले जनाएको छ ।
‘बिहीवार दिउँसो दुई बजे आहाले पानीस्थित बारीमा हलो बनाउनका लागि चिलाउनेको रुख काट्न भनि गएका रहेछन्,’ प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले भने, ‘अवेरसम्म पनि घर नफर्केपछि खोज्न जाँदा सोही स्थानमा मृत अवस्थामा उनलाई फेला पारियो ।’
उनले काटेको चिलाउनेको हाँगा बिजुलीको नाङ्गो तारमा छुन गई करेन्ट लागेर सार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।