| आइतवार, माघ २७, २०८१

प्रेस चौतारी गोरखाको अध्यक्षमा पुनः न्यौपाने

प्रेस चौतारी नेपाल, गोरखाको अध्यक्षमा पुनः सुजन न्यौपाने चयन भएका छन । प्रेस चौतारी गोरखाको मंगलवार सम्पन्न छैठौं जिल्ला अधिवेशनले न्यौपानेको अध्यक्षमा ७ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको हो । अधिवेशन बाट उपाध्यक्षमा सुनिल पराजुली, महिला उपाध्यक्षमा रुपा थापा, सचिवमा रविकिरण रेग्मी र कोषाध्यक्षमा नवराज पोखरेल चयन भएका छन ।
सुजन न्यौपानेको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा नेकपा (एमाले) गोरखाका अध्यक्ष सुरेन्द्र बहादुर थापा, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं गोरखा इन्चार्ज किरण लोहनी लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्