| मङ्लबार, बैशाख १८, २०८१

मस्तिष्कघातबाट सिकिस्त सुनकेसरीको उपचार खर्च अभावले बिचल्ली


धार्चे गाउँपालिका ३ खोर्लाबेशीकी ३९ बर्षकी सुनकेशरी गुरुङ मस्तिस्कघात भई काठमाडौँको एक अस्पतालमा उपचाररत छिन् ।

गोरखा नगरपालिका ५ क्याम्पस एरियामा व्यवसाय गर्ने उनलाई एक्कासी मस्तिष्कघात भई गतहप्ता काठमाडौंको मेडिसिटी अस्पताल प¥याइएको थियो ।


खर्च धेरै लाग्ने भएपछि उनलाई हाल त्यहाँबाट चाबहिलको अर्को अस्पतालमा उपचारका लागि लगिएको खोर्लाबेशीका सुवन गुरुङ बताउँछन् ।
दुर्गम गाउँका उनी खर्च अभावमा अस्पतालको शैयामा छटपटाइरहेकी छन् । ‘कोरोना महामारीका कारण छ महिनादेखिको लकडाउनले गर्दा व्यवसाय चौपट भएको थियो’, गुरुङले भने, ‘त्यही चिन्ताले पनि हुनसक्छ, एक्कासी ब्रेनह्यामरेज भएछ । १२, १३ लाख रुपैयाँ खर्च लाग्छ भनेको छ । अब उपचार गर्ने खर्च पनि छैन ।’ सहयोगदाताहरुले सहयोग गरेमा उनलाई उपचार गरेर घर फर्काउन सकिने उनले बताए ।


सहयोग गर्न चाहनेहरुले ९८६६४४१००० र ९८४६५४३७६० नम्बरमा सम्पर्क गर्नुहुन गुरुङले अनुरोध गरेका छन् ।


बिरामी सुनकेसरीको उनको श्रीमान, एक छोरा र एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्