| मङ्लबार, बैशाख १८, २०८१

मुआब्जा समितिको भर्चुअल बैठक : घरगोठको मुआब्जा छिटो निर्धारण गरिने

जिल्ला मुआब्जा निर्धारण समिति गोरखाको भर्चुअल बैठक बुधवार सम्पन्न भएको छ । बैठकले बूढीगण्डकी आयोजनाबाट प्रभावित क्षेत्रको घरगोठको मुआब्जा तत्काल निर्धारण गर्ने निर्णय गरेको छ ।
बजार क्षेत्रको समेत लगत संकलन अन्तिम चरणमा पुगेकाले कृषि ज्ञान केन्द्र, डिभिजन बन कार्यालय, जिल्ला आयोजना कार्यन्वयन ईकाईको प्रतिनिधि रहेको उप समितिले प्रतिबेदन बुझाएपछि मुआब्जा निर्धारण गर्ने निर्णय गरेको हो ।

‘घरगोठको ह«ासकट्टी गर्ने या नगर्ने विषयमा नीतिगत निर्णय हुन बाँकी छ’ आयोजनाको बातावरण मुआब्जा बितरण, पुर्नबास तथा पुर्नस्र्थापना इकाईका संयोजक कृष्णबहादुर कार्कीले भने ‘नीतिगत निर्णय तत्काल गरिदिन अनुरोध गर्ने र निर्णय भएलगत्तै अब घरगोठको मुआब्जा तोक्नेछौँ ।’
प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईको अध्यक्षतामा भएको बैठकले उप समितिले पेश गरेको प्रतिवेदनलाई आधार बनाएर मुआब्जा तोक्नेछ ।

बैठकमा फिल्डबुकमा जग्गा भएका तर पूर्जा नभएकाहरुको हकमा मुआब्जा बितरण कसरी गर्ने भन्ने निर्णयका लागि मन्त्रालयमा लेखेर पठाउने, कार्यालयमा परेको गुनासो सुनुवाई गर्ने, मोडालिटी छिटो टुङ्ग्याउन अनुरोध गर्ने, पुनस्र्थापना कसरी गर्ने भन्ने यकिन गरिदिन अनुरोध गर्ने निर्णय गरेको इकाईका संयोजक कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्