| बिहिबार, अशोज ८, २०७७

कोरोनाका कारण गोरखाका ७ जनाको ज्यान गयो

कोरोनाका कारण हालसम्म गोरखाका ७ जनाको मृत्यु भइसकेको छ । गोरखाबाट पिसिआर परिक्षणका लागी स्वाव संकलन गरिएका र कोरोना संक्रमण पुष्टी भएका दुई जना र गोरखा ठेगाना भएका तर अन्यत्र रहेका पाँच जनाको कोरोनाका कारण मृत्यू भएको स्वास्थ्य कार्यालयको तथ्याङ्क छ ।

कोरोना पुष्टि भएका वा चेकजाँचका लागि अस्पताल पुगेकाहरुको नागरिकता अनुसार ठेगना अस्पतालमा रेकर्ड रहने भएकाले कोरोना पुष्टि वा मृत्यू भएकाहरु लामो समय देखि अन्यत्र बस्दै आएको भएपनि गोरखाको ठेगाना उल्लेख हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्