| शनिबार, बैशाख ८, २०८१

गोरखा नगरपालिका भित्रका विद्यालयमा सिकाई सुरु गर्ने तयारी

आशिष कुमार भट्ट : गोरखा नगरपालिकाले नगर भित्रका विद्यालयमा सिकाई सुरु गर्ने तयारी गरेको छ । शिक्षा मन्त्रालयले जारी गरेको ‘सिकाई सहजिकरण निर्देशिका २०७७’ लाई आधार बनाएर विद्यार्थीको सिकाईलाई सहज बनाउने बारेमा संस्थागत र निजी विद्यालयका प्रधानाध्यापकसँग नगरपालिकाले छलफल गरेको हो ।
‘कतिपय विद्यालयले बिभिन्न माध्यमबाट सिकाई सहजीकरण गरिरहेका छन’ गोरखा नगरपालिका शिक्षा शाखाका प्रमुख बाबुराम बरालले भने ‘अब सबै विद्यालयले सिकाई सुरु गर्ने गरी हामी तयारीमा छौँ ।’ शिक्षा मन्त्रालयले असोज १ गतेदेखि सिकाई सुरु गर्न निर्देशन गरेको छ ।
४८ वटा सामुदायिक र १८ वटा संस्थागत विद्यालय रहेको गोरखाका बजार क्षेत्र बाहिरका विद्यालयमा भने विद्यार्थी संख्या न्यून छन् ।
‘भर्चुअल बैठकमा प्रधानाध्यापकहरुसँग छलफल गर्दा सामाजिक दुरी कायम गरेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी विद्यालयमै पढाउन सकिने कुरा आएको छ’, गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले भने ।
नगरपालिका भित्रका कतिपय विद्यालयमा पढ्ने विद्यार्थी सदरमुकाम, केही त जिल्ला बाहिर पनि छन । उनीहरुलाई लक्षित गरी विद्यालयले बैकल्पिक विधिको प्रयोग गरेर पनि सिकाउन सक्ने गरी योजना विद्यालयले नै बनाउनेछन् । ‘हामी शिक्षा समितिको बैठक बसेर निर्णय गर्छौँ’ शिक्षा शाखाका प्रमुख बाबुराम बरालले भने । विद्यालयका प्रधानाध्यापकहरुले सबै पाठ्यक्रम पढाउन सम्भव नहुने, माथिल्लो कक्षामा उतीर्ण हुन आवश्यक विषयलाई जोड दिनुपर्ने बताएका छन् ।
नगरपालिका भित्रका विद्यालयमा सिकाई सुरु गर्ने तयारी
गोरखा नगरपालिकाले नगर भित्रका विद्यालयमा सिकाई सुरु गर्ने तयारी गरेको छ । शिक्षा मन्त्रालयले जारी गरेको ‘सिकाई सहजिकरण निर्देशिका २०७७’ लाई आधार बनाएर विद्यार्थीको सिकाईलाई सहज बनाउने बारेमा संस्थागत र निजी विद्यालयका प्रधानाध्यापकसँग नगरपालिकाले छलफल गरेको हो ।
‘कतिपय विद्यालयले बिभिन्न माध्यमबाट सिकाई सहजीकरण गरिरहेका छन’ गोरखा नगरपालिका शिक्षा शाखाका प्रमुख बाबुराम बरालले भने ‘अब सबै विद्यालयले सिकाई सुरु गर्ने गरी हामी तयारीमा छौँ ।’ शिक्षा मन्त्रालयले असोज १ गतेदेखि सिकाई सुरु गर्न निर्देशन गरेको छ ।
४८ वटा सामुदायिक र १८ वटा संस्थागत विद्यालय रहेको गोरखाका बजार क्षेत्र बाहिरका विद्यालयमा भने विद्यार्थी संख्या न्यून छन् ।
‘भर्चुअल बैठकमा प्रधानाध्यापकहरुसँग छलफल गर्दा सामाजिक दुरी कायम गरेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी विद्यालयमै पढाउन सकिने कुरा आएको छ’, गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले भने ।
नगरपालिका भित्रका कतिपय विद्यालयमा पढ्ने विद्यार्थी सदरमुकाम, केही त जिल्ला बाहिर पनि छन । उनीहरुलाई लक्षित गरी विद्यालयले बैकल्पिक विधिको प्रयोग गरेर पनि सिकाउन सक्ने गरी योजना विद्यालयले नै बनाउनेछन् । ‘हामी शिक्षा समितिको बैठक बसेर निर्णय गर्छौँ’ शिक्षा शाखाका प्रमुख बाबुराम बरालले भने । विद्यालयका प्रधानाध्यापकहरुले सबै पाठ्यक्रम पढाउन सम्भव नहुने, माथिल्लो कक्षामा उतीर्ण हुन आवश्यक विषयलाई जोड दिनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्