| बिहिबार, अशोज ८, २०७७

बारपाक सुलिकोटमा ८ सहित गोरखामा १३ जना कोरोना संक्रमित थपिए


आज गोरखामा १३ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये बारपाक सुलिकोट गाउँपालिका भित्र ८ जना, भिमसेन थापा गाउँपालिकामा २ जना, गोरखा नगरपालिकामा २ जना र शहिदलखन गाउँपालिकामा १ जनालाई कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका सुचना अधिकारी राजुरमण न्यौपानेले बताए ।
बारपाक सुलिकोट गाउँपालिका ७ मा १६,३६,२२, ३५ वर्षिय पुरुष, वडा नं. ३,४,६, र ८ मा एक एक जना पुरुषलाई कोरोना पुष्टि भएको क्षयरोग उपचार केन्द्र पोखराले जनाएको छ । भिमसेन थापा गाउँपालिका ७ मा २६ र ३४ वर्षका पुरुष, गोरखा नगरपालिका ७मा २५ र ३८ वर्षका पुरुष, शहिदलखन ३ मा २१ वर्षिय महिलामा कोरोना संक्रमण भएको हो । यो सँगै गोरखामा कोरोना संक्रमितको संख्या २२५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्