| बिहिबार, अशोज ८, २०७७

भेस्पा र एप्रिलाको स्वरुम गोरखा बजारमै, धमाधम बुकिङ

गोरखा बजारमै पहिलो पटक भेस्पा र एप्रिला स्कुटरको स्वरुम संचालनमा आएको छ । यस अघि बुलेट बाईकको बिक्री गर्दै आएको निलभ अटो टेडर्सले जिल्लामै पहिलो पटक भेस्पा र एप्रिलाको स्वरुम संचालनमा ल्याएको हो ।

‘युवा पुस्तामा यो मोडलका स्कुटरको माग धेरै छ, गोरखा जस्तो पहाडी ठाउँमा ग्राबेल बाटोमा पनि सहज हुने, पावर बढी हुने भएकाले बिक्री बढ्ने अपेक्षा छ’ स्वरुमका संचालक निरोज कट्टेलले भने । एप्रिला २ लाख ४४ हजा ९०० देखि ३ लाख १३हजार ९०० १२५ सिसी १५० सिसी क्षमतामा उपलब्ध छ । यस्तै भेस्पा २लाख ६४ हजार ९४६ देखि ३लाख ९५ हजार९४६ रुपैयाँ मूल्य बरावरको रहको संचालक कट्टेलले बताए ।

‘अहिले धमाधम बुकिङ पनि चलिरहेको छ’ उनले भने ‘५ हजार नगद, ५५ सयको हेलमेट सहित विषेश छुट दिएका हौँ ।’ दशैँ अफरमा अझै विषेश छुट हुने हुन सक्ने उनले बताए । यी मोडलका स्कुटर युवतीहरुको रोजाईमा पर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्