| शनिबार, बैशाख ८, २०८१

गोरखामा गाडी चल्यो, यात्रु छैनन्

गोरखामा बिहिवारबाट यात्रुबाहक सवारी साधन चलेपनि यात्रु भने छैनन । सरकारले झन्डै ६ महिनापछि लामो दूरीका सवारी साधन चलाउन अनुमति दिएको छ । अनुमपति पछि गोरखामा पनि डिस्इन्फेक्ट गरेर सवारी साधन संचालनमा ल्याइएको छ ।

यातायातको टिकट काउन्टर खुलेपनि टिकट काट्नेहरु छैनन् । आधा वर्षसम्म गाडीको स्टेरिङ समाउन नपाएका चालक र सहचालक बिहानैदेखि बसपार्कमा पुगेपनि पनि यात्रु नपाउँदा निराश छन् ।
यात्रु नहुँदा गोरखा देखि आँबुखैरेनी र जिल्ला बाहिर पनि रित्तै यात्रुबाहक बस यात्रुको आसमा गुडिरहेका छन । आज बिहानै गोरखा सदरमुकामको हरमटारीमा काठमाण्डौँ, पोखरा, चितवन जाने बस, माईक्रोबस यात्रु खोजिरहेका छन् तर यात्रु छैनन् ।

यात्रु नहुँदा सबै सवारी साधन गन्तब्य तर्फ जान नसकेको ब्यवशायीले बताएका छन् । कोभिड १९ को त्रासका कारण सर्वसाधारण सार्वजनिक सवारी साधनमा यात्रा गर्न तयार भईसकेको छैनन् । छोटो दुरीका यात्रु फाट्ट फुट्ट देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्