| बिहिबार, बैशाख ६, २०८१

कोरोनाबाट ज्यान गुमाएका ताद्राङका एक व्यक्तिको परिवारलाई काँग्रेसको सहयोग

कोभिड १९ अर्थात कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका एक व्यक्तिको परिवारलाई नेपाली काँग्रेस गोरखाले आर्थिक सहयोग गरेको छ ।
काङग्रेस सभापति हरिबहादुर घले नेतृत्वको एक टोलीले शुक्रबार गोरखाको भीमसेन गाउँपालिका वडा नम्बर २ तान्द्राङस्थित मृत्तकको घरमा पुगेर रकम हस्तान्तरण गरेको नेपाली कांग्रेसका जिल्ला सचिव नन्दप्रसाद न्यौपानेले जानकारी दिए ।
जिल्ला सभापति हरिबहादुर घलेले मृतककी श्रीमती सरिता सुनारलाई ९० हजार ११४ रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
सो अबसरमा सभापति घलेसहित सचिव न्यौपाने, क्षेत्र नम्बर २ का सभापति गोबिन्द गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
उक्त रकम नेपाली कांग्रेस गोरखा अमेरिका सम्र्पक समितिका कोषाध्यक्ष केशरी भट्टराईको नेतृत्वमा अमेरिकामा संकलन गरी पठाइएको सचिव न्यौपानेले जानकारी दिए ।
ती व्यक्तिको केही समय कोरोना संक्रमणका कारण काठमाण्डौमा निधन भएको परिवार स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्