| शुक्रबार, चैत्र १६, २०८०

दलित विद्यार्थी संघद्वारा संविधान दिबसको अवसरमा दिप प्रज्वलन

नेपाल दलित विद्यार्थी संघ गोरखाले संविधान दिबसको अवसरमा दिपप्रज्वलन गरेको छ ।

गोरखा सदरमुकामको बसपार्कमा शनिवार साँझ दिप प्रज्वलन गरिएको दलित विद्यार्थी संघ गोरखाका अध्यक्ष रचन परियारले बताए ।

नेपाली कांग्रेसका सह सचिव नारायण प्रसाद लामिछाने र गोरखा नगरपालिकाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठले संयुक्त रुपमा दिप प्रज्वलन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्