| शुक्रबार, कार्तिक १४, २०७७

editorial

चीनको एकातर्फी नाकाबन्दी कहिलेसम्म ?

जब दक्षिणी नाका बन्द हुँदा मुलुकभर आउने अत्यावश्यकीय उपभोग्य बस्तु रोकिन्छ । नूनदेखि सुनसम्म हाहाकार हुन्छ । जसको बिरोधमा मुलुक हल्लिन्छ । देशविदेशबाट चौतर्फी आलोचना हुन्छ ।


नाका उत्तरमा पनि छ । तिब्बतसँगको नाका पनि चीनले एकातर्फी रुपले बन्द गर्छ । भलै उत्तरबाट आएका सामानमा मुलुक निर्भर छैन । त्यसैले यसले मुलुक हल्लाउन सक्दैन ।


तथापि तिब्बती नाका बन्द हुँदा सीमा क्षेत्रका बासिन्दामा नकारात्मक असर पर्छ । मोटरबाटोले नछोएका सीमावर्ती गाउँमा भारतबाट आएको सामान पुर्‍याउँदा प्रतिकेजी डेढसय, एकसय ८० रुपैयाँसम्म ढुवानी भाडा जोडिन्छ । जसले गर्दा दैनिक उपभोग्य सामग्री धेरै महंगो पर्न जान्छ ।
यसको तुलनामा तिब्बतबाट आएको सामान अति सस्तो पर्न जान्छ ।


तर चीन सरकारले नाकाबन्दी गर्दा कहीँ कतै विरोधको आवाज सुनिदैन । के उत्तरी सीमा क्षेत्रका बासिन्दाले पाएको सास्तीचाहिँ नगन्य हुन्छ कि चीन सरकारको निणर्यको विरोधमा बोल्नु राष्टूहित विपरीत हुन्छ ?


यसको अर्थ बिरोधमा बोल्नुपर्छ भन्ने होइन, तर कम्तिमा नाका खुलाउन पहल गर्नुपर्ने होइन ?
गोरखामा दुईठाउँमा उत्तरी नाका छन्, रुइला नाका र मुलाढाज्यान नाका । यी दुवै एकबर्षदेखि बन्छ छन् । नाका बन्द हुँदा दैनिक उपभोग्य सामानलगायतका अन्य उपभोग्य सामग्री आयातमा ठप्प छ । यार्सागुम्बा लगायतका जडिबुटी निर्यात पनि ठप्प छ । यसले उत्तरी सीमा क्षेत्रका बासिन्दालाई सकस भएको छ ।


यसबारे कहीँ, कसैले सोधखोज तथा समस्या समाधान तर्फ पहल गरेको छैन ।
कोरोना फैलन सक्ने भन्दै बन्द गरिएको हो तर अहिलेसम्म गोरखाको उत्तरी क्षेत्रमा कोरोना संक्रमण देखिएको छैन । तथापि नाकाबन्द जारी छ । यसलाई हटाउन सरकारी तबरबाट पहल हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्