| शुक्रबार, कार्तिक १४, २०७७

प्रहरीलाई तीनसय थान फेसशिल्ड प्रदान

पृथ्वीनारायण साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र गोरेटो गोरखाले गोरखाका प्रहरीलाई अनुहार सुरक्षा गर्ने साधन(फेस शिल्ड) प्रदान गरेका छन् । संस्थाका अध्यक्ष विनोद अर्याल र गोरेटो गोरखाका कार्यबाहक अध्यक्ष भाइचन्द्र श्रेष्ठले जिल्ला प्रहरी प्रमुख सुरेन्द्र गुरुङलाई तीनसय चार थान फेस शिल्ड हस्तान्तरण गरेका हुन् ।


सँधै जोखिम ठाउँमा ड्युटीमा रहने प्रहरीलाई सुरक्षा प्रदान गर्न फेस शिल्ड अपरीहार्य भएकाले सहायता सामग्री प्रदान गरिएको गोरेटो गोरखाका कार्यबाहक अध्यक्ष श्रेष्ठले बताए । सहयोगी सामग्री ग्रहण गर्दै एसपी गुरुङले समुदायका लागि अहोरात्र खटिने प्रहरीलाई समुदायले सहयोग गर्नु सह्रानीय काम भएको भन्दै धन्यवाद ज्ञापन गरेका थिए । उनले गोरखा सदरमुकाममा खटिने हरेक प्रहरीलाई एकेक वटाको दरले फेस शिल्ड प्रदान गर्ने जानकारी दिएका थिए । सो हस्तान्तरण कार्यक्रममा बोल्दै पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापाले पनि धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्