| शुक्रबार, कार्तिक १४, २०७७

बुधबार गोरखामा चार जना संक्रमित थपिए


बुधबार गोरखामा चार जना कोरोना संक्रमित थपिएका छन् ।

बुधबार गोरखामा चार जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय गोरखाका महामारी फोकल पर्सन नारायणबाबु अर्यालका अनुसार गोरखाका दुईजना शिक्षक, एक जना वडा सचिव र भारतबाट आएका गोरखा नगरपालिका ८ का एकजना रहेका छन् ।

‘चुमनुब्री गाउँपालिका कार्यक्षेत्र भएका एक शिक्षक र एक वडा सचिवमा कोरोना पोजेटिभ देखिएको छ’, उनले भने, ‘शिक्षकहरुमध्य एकजनाको घर पालुङ्टार नगरपालिका १ घर भएका र एकजना वडा सचिव हुन् । अर्का एकजना अजीरकोटमा कार्यरत जिल्ला बाहिर घर भएका शिक्षक हुन् ।’

अर्का एकजना भारतबाट आएका गोरखा नगरपालिका ८ का रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्