| बिहिबार, बैशाख ६, २०८१

पालुङटारका ७ सहित गोरखामा १२ जना कोरोना संक्रमित थपिए


गोरखाको पालुङटार नगरपालिकामा ७ जना सहित गोरखामा आज १२ जना कारोना संक्रमित थपिएका छन् । पालुङटार १ का ३ पुरुष र ४ जना महिलामा संक्रमण देखिएको हो ।

३७,१५,१३ वर्षका पुरुष र १९,१५,३४, ३५ वर्षका महिलामा कोरोजना पोजेटिभ देखिएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । बारपाक सुलिकोट गाउँपालिका ८ मा ३० वर्षिया महिला र १८ वर्षिया पुरुष,गण्डकी गाउँपालिका ५ मा ३३ वर्षिय पुरुष, भिमसेन थापा गाउँपालिका ३ मा २४ र ३३ वर्षका पुरुषलाई कोरोना पोजेटिभ देखिएको हो ।

कास्कीमा ११ जना, लमजुङमा १ जना, नवलपरासीमा ९ जना सहित चार जिल्लाका ३३ जनामा आज संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्