| शुक्रबार, कार्तिक १४, २०७७

चुमनुब्रीको ल्ही गाउँकी एक महिला सुत्केरी हुन नसकेपछि हेलिकप्टरबाट उद्धार

चुमनुब्री गाउँपालिका वडा नम्बर २ ल्ही गाउँकी एक महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । ३० वर्षिय हिसे लामा सुत्केरी हुन नसकेपछि उनलाई नेपाल आर्मीको हेलिकप्टरबाट आज दिउँसो ४ बजे काठमाण्डौँ लगिएको वडा अध्यक्ष पेम्बा रेताले बताए ।


यस अघि पनि शल्यक्रिया गरेर बच्चा जन्माएकी उनको स्वास्थ्यमा समस्या भएपछि स्थानीय स्वास्थ्यकर्मीले घरैमा पुगेर जाँच गरेका थिए । ‘यहाँ उपचार नहुने भयो, काठमाण्डौँ पठाइएको छ’ वडा अध्यक्ष पेम्बा रिताले भने ।


राष्ट्रपती महिला उत्थान कार्यक्रम अन्र्तगत महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयले सेनाको हेलिकप्टरबाट गर्भवतीको उद्धार गरेको चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भिमसेन श्रेष्ठले बताए ।

उत्तरी गोरखाको तिब्बत सँग सिमाना जोडिएको दुर्गम गाउँमा सडक सञ्जाल जोडिएको छैन । स्तरीय सुविधा सम्पन्न स्वास्थ्य संस्था छैनन् ।

प्रतिक्रिया दिनुहोस्