| शुक्रबार, कार्तिक १४, २०७७

बलात्कारपछि हत्या गरिएको घटनाप्रति दलित विद्यार्थी संघ गोरखाको ध्यानाकर्षण

नेपाल दलित विद्यार्थी संघ गोरखाले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

बझाङको मष्टा गाउँपालिका २ स्थित सिम मन्दिर नजिकै स्थानीय १२ वर्षिय बालिकाको बलात्कार पछि हत्या गरेर फालिएको घटनाप्रति संघले खेद प्रकट गरेको छ ।


मृत प्रति समेवेदना ब्यक्त गर्दै संघले दोषिलाई कडा कानुनी कारवाहीको माग ध्यानाकर्षण पत्र मार्फत गरिएको दलित विद्यार्थी संघका जिल्ला अध्यक्ष रचन परियारले बताए । यस्ता खालका अपराधिक घटना दोहोरिन नदिन संघले सरकार सँग माग गरेको छ ।

ज्ञापन पत्र बुझेपछि प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले प्रधानमन्त्री कार्यालयमा पठाउने आश्वासन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्