| शनिबार, बैशाख ८, २०८१

एकैदिन गोरखाका १९२ जनाको कोरोना रिपोर्ट नेगेटिभ

कोरोना महामारीको सन्त्रास फैलिरहेका बेला शनिबार गोरखामा एकैदिन १९२ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । दुई नगरपालिका तथा बिभिन्न गाउँपालिकाका गरी एकैदिन एकसय बयानब्बे जनाको कोरोना नेगेटिभ आएको स्वास्थ्य कार्यालयका महामारी फोकलपर्सन नारायणबाबु अर्यालले जानकारी दिए ।


अब १२० जनाको पिसिआर मात्रै रिपोर्ट आउन बाँकी रहेको अर्यालले बताए ।
अहिले सम्म जिल्लाभर सात हजार दुई सय एक जनाको पिसिआर जाँच गरिसकिएको छ । यी मध्ये दुई सय ४१ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने छ हजार नौसय ६० जनाको कोरोना नेगेटिभ आएको कार्यालयले जनाएको छ ।

पोजेटिभ आएका दुईसय ४१ मध्य दुईसय एकजनाको निको भइसकेको छ । ३८ जना अहिले पनि उपचाररत छन् । दुई जनाको मृत्यू भएको छ ।
अहिले सामुहिक आइशोलेसनमा चार जना र होम आइशोलेसनमा ३० जना रहेका छन् ।

सामुहिक क्वारेन्टिनमा ८९ र बिभिन्न ठाउँमा होम क्वारेन्टिनमा ८६ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । गोरखा घर भएर जिल्ला बाहिर कोरोना पोजेटिभ देखिनेको संख्या ३० रहेको छ भने मृतक पाँच जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्