| शुक्रबार, कार्तिक १४, २०७७

मिर्गौला विरामीलाइ सहयोग रकम हस्तान्तरण

जन्मदिनको अवसर पारी गोनपा ३ घलाङ हाल अमेरिकामा बसोबास गर्दै आएका अरुण दानीले दुवै मिर्गौला फेल भएको र आर्थिक अवस्था कमजोर भएकी पम्फा श्रेष्ठलाई दूई लाख २ सय २ रुपैँया सहयोग रकम हस्तान्तरण गरेका छन् ।

अरुण दानीले पठाएको उक्त सहयोग रकम गोनपा ३ का वडाअध्यक्ष र उनका हजुरआमा विष्णु कुमारी दानीबाट श्रेष्ठलाई संयुक्त हस्तान्तरण गरिएको कार्यक्रम सञ्चालक देवेन्द्र जंग कुवरले जानकारी दिए । उनलाई विगत ३ वर्षदेखि यस समस्या रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्