| शुक्रबार, कार्तिक १४, २०७७

दुईजना फरार प्रतिवादी पक्राउ


प्रहरीले दुईजना फरार प्रतिवादी पक्राउ गरेको छ । सवारी ज्यान मुद्धामा फैसला भएका एक र केही सार्वजनिक अपराधको मुद्धाका एकजना पक्राउ गरिएको प्रहरी कार्यालयले जनाएको छ ।


सवारी ज्यान मुद्धाका फरार प्रतिवादी भीमसेनथापा गाउँपालिका १ का कान्छा भनिने सानुबाबु बानियाँलाई आइतबार पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई अदालतले एकहजार छसय २५ रुपैयाँ जरिबाना तोकेको थियो । तर उनी सम्पर्कमा नआई आजसम्म फरार रहेका थिए ।


त्यस्तै सार्वजनिक अपराध मुद्धामा एकहजार रुपैयाँ जरिबाना तोकिएका गोरखा नगरपालिका १२ का सुरज कुमाललाई पनि पक्राउ गरेको छ ।
चालु आर्थिक बर्ष २०७७÷०७८ मा ४३ जना फरार प्रतिवादी पक्राउ गरिसकेको प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्