| बिहिबार, चैत्र १५, २०८०

डाक्टर केसीको समर्थनमा साझा पार्टी गोरखाले ज्ञापन पत्र बुझायो

चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै अनसनरत डाक्टर गोबिन्द केसीको मागप्रति समर्थन जनाउँदै साझा पार्टी गोरखाले प्रधानमन्त्री कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ । साझा पार्टी गोरखाका संयोजक किशोर रेग्मीले सोमवार प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईलाई ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापन पत्रमा कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा जनशक्ति सहित सेवा सुविधाको ब्यवस्थापन हुनुपर्ने, पिसिआर परीक्षण बढाउनुपर्ने, यसअघि भएको सम्झौता अनुसार चिकित्सा शिक्षा ऐन संशोधन गर्नुपर्ने, सरकारी नियुक्ती बरिष्ठताका आधारमा गरिनुपर्ने लगायत ६ बुँदे माग राखिएको छ ।
घुसकाण्डमा मुछिएकाहरुलाई कारवाहीको सट्टा सत्ताको इशारामा उन्मुक्ति दिएको भन्दै साझा पार्टीले अख्तियारका बाहलवाला र पूर्व आयुक्तहरुलाई पनि कानुन बमोजिम छानबिन गरी सम्पत्ती शुद्धिकरणको मुद्धामा कारवाही अघि बढाउन माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्