| सोमवार, कार्तिक १०, २०७७

स्वाँरा सघनद्वारा शहिदलखनका सबै स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग

स्वाँरा सघन गाउँ बिकास केन्द्रले शहिदलखन गाउँपालिका भित्रका ९ वटै स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । मास्क, सेनिटाईजर, पिपिई, ग्लोब्स लगायत गरी ३० हजार रुपैयाँ बरावरको सामग्री प्रत्येक संस्थालाई उलब्ध गराएको कार्यक्रम ब्यवस्थापन द्रोणचार्य तिमल्सिनाले बताए ।

अग्रपंक्तिमा बसेर कोभिड १९ का बिरुद्ध काम गरिरहेका स्वास्थ्यकर्मीलाई फाईदा पुग्ने गरी स्वास्थ्य सामग्री बितरण गरिएको स्वाँरा सघनले जनाएको छ ।
बुङ्कोट, ताक्लुङ र मनकामनकाको तीनवटा वडामा स्वास्थ्य इकाई रहेकाले पिपिई सेट भने अन्यत्र वडाका स्वास्थ्य चौकीलाई भन्दा केही कम छ ।

मंगलवार सबै स्वास्थ्य संस्थामा सामग्री बितरण गरिएको हो । केयर नेपालको साँझेदारीमा पूणर्िमा कोभिड १९ परियोजना अन्र्तगत उक्त कार्यक्रम संचालन भईरहेको छ । शहिदलखन गाउँपालिका भित्रको क्वारेन्टिनमा बस्नेहरुका लागि गाउँपालिकालाई पुरुषको लागि एक सय १० र महिलाका लागि ३० सेट सरसफाई सामग्री प्रदान गरिएको स्वाँरा सघन गाउँ बिकास केन्द्रका कार्यक्रम ब्यवस्थापक तिमल्सिनाले बताए ।

‘२८ हजार मूल्य पर्ने छ वटा क्वारेन्टिन डिसइन्फेक्ट किट, नौ वटै स्वास्थ्य संस्था र ७ वटा क्वारेन्टिनमा हात धुने मेसिन जडान गरिसकिएको छ’ उनले भने । यो कार्यक्रम गोरखाको अजिरकोट, सिरानचोक, शहिदलखन, गण्डकी, धार्चे र चुमनुब्री गाउँपालिकामा संचालित छ ।

प्रतिक्रिया दिनुहोस्