| शुक्रबार, बैशाख १४, २०८१

निजी वनमा लगाइएको रुख विरुवा निजी सम्पत्तिसरह उपभोग गर्न पाउनुपर्ने माग

निजी जग्गाको वन नगदेबाली सरह उपभोग पाउने नीति नियम बनाउन पारिवारिक निजी वन संघले माग गरेको छ । बुधबार गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गरी संघले निजी क्षेत्रमा लगाइएको वन सम्पदा उपभोगमा झञ्झटिला नियम खारेज गर्न सरकारसंग माग गरेको हो ।


‘आफ्नो आवादीमा हुर्काइएका जंगलबाट उत्पादित काठजन्य सामग्री तथा जडिबुटीजन्य उत्पादनको ओसारपसारमा रहेको झञ्झटिला नीतिगत अबरोध अन्त्य गर्दै किसानको आर्थिक समृद्धिका लागि नीतिगत सहजीकरणको व्यवस्था मिलाउन माग गर्दछौं’, जिल्ला संघका अध्यक्ष भरत कट्टेलले भने, ‘निजी लालपूर्जावाला जग्गामा रहेको वन सम्पदा नीजि सम्पत्ति नै भएकाले निज सम्पत्ति निर्वाध रुपमा भोगचलन गर्न पाउने संविधान प्रदत्त अधिकारको सुनिश्चितता हुनुपर्छ ।’ नेपालको हरित अर्थतन्त्र निर्माणका लागि एक गाउँ एक वन उद्यम नीति तत्काल लागु गरी स्वरोजगार सिर्जना हुनुपर्ने संघको माग रहेको उनले बताए ।

देशैभरि छरिएर रहेका साना वन किसानहरुले ऐलानी र खोरिया जग्गामा लगाइएका बोट बिरुवाको उपभोग सम्बन्धमा नीतिगत व्यवस्था गर्दै स्वामित्वको हक सुनिश्चितता गर्न संघले माग गरेको उनले जनाए ।

प्रतिक्रिया दिनुहोस्