| शुक्रबार, कार्तिक १४, २०७७

गोरखाका जोखिम बस्ती सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सांसद दवाडीद्वारा प्रदेश सरकारको ध्यानाकर्षण


गण्डकी प्रदेश सांसद प्रकाशचन्द्र दवाडीले यस बर्षको बाढी तथा पहिरोले जोखिम बनेका गाउँका बासिन्दालाई जोखिमरहित क्षेत्रमा बसोबासको व्यवस्था मिलाउन प्रदेश सरकारको ध्यानाकर्षण गरेका छन् ।


बुधबार संसदको सुन्य समयमा बोल्दै सांसद दवाडीले बारपाक सुलीकोट गाउँपालिका ८ का नौ घरधुरी, सोही पालिकाको वडा नं. ५ र ६ का सात घरधुरी सुरक्षित ठाउँमा सार्न सहयोग गर्नुपर्ने बताएका थिए ।
त्यस्तै अजीरकोट १ को धन्सिराका पाँचघर, वडा नं. २ ओलाङका ३५ मध्य सातघर तत्काल अन्यत्र सार्नुपर्ने भएकाले उनीहरुको व्यवस्थापन गर्नुपर्ने बताएका थिए ।्


त्यस्तै सिरानचोक वडा नं. ६ चिलाउने गाउँका दुई घर, वडा नं. ४ तल्लो कमलबारीका दुई घर बस्नयोग्य नभएकाले अन्यत्र सार्न प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताएका थिए ।


कृषकले अहिलेसम्म पनि सहज ढंगले कृषि मल नपाएकाले प्रदेश सरकारले मल आपूर्तिका लागि प्रभावकारी भूमिका निर्बाह गर्नुपर्ने, बारपाकिलो नयाँसागु, बारपाक सडक र सातदोबाटो पालुंटारको अन्नपूर्ण जंगलको सडक निर्माणको काम लामो समयदेखि अलपत्र भइरहेकाले तत्काल काम थाल्न प्रदेश सरकाले चासो दिनुपर्ने उनले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्