| शनिबार, कार्तिक ८, २०७७

मकैपुर आधारभुत विद्यालयलाई शैक्षिक सामाग्री सहयोग

शहिद लखन गाउँपालिकाको मकैपुर आधारभुत विद्यालयलाई लायन्स तथा लियो क्लाब अफ आबुखैरेनी सिटीले शैक्षिक सामाग्री सहयोग गरेको छ ।

विद्यार्थी संख्या न्यून भएपछि २०७५ सालमा बन्द भएको विद्यालयमा अहिले विद्यार्थी संख्या बढेसँगै सुचारु भएको हो । सोही विद्यालयलाई लायन्स तथा लियो क्लवले सबै विद्यार्थीलाई पुग्ने गरी ३० थान स्कुल ब्याग, कापी, पेन्सिल, लगायतका शैक्षिक सामग्री सहयोग गरेको वडा नम्बर ७ का अध्यक्ष शरण श्रेष्ठले बताए ।
रोटरी क्लव अफ गोरखाका अध्यक्ष एवं शहिदलखन ८ का वडा अध्यक्ष काशिनाथ अम्गाईको प्रमुख आथित्यतामा बुधवार विद्यालयमा शैक्षिक सामग्री बितरण भएको हो । कार्यक्रममा लायन्स क्लव अफ आबुखैरेनी सिटी अध्यक्ष शिब खनाल, सह–सचिव बिष्णु श्रेष्ठ, सह–कोषाध्यक्ष सुर्य बहादुर थापा, सदस्य गोबिन्द सिलवाल, लियो क्लब अफ आबुखैरेनी सिटीको उपाध्क्षय शैलेस वाग्लेको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्