| शनिबार, कार्तिक ८, २०७७

तरुण विभागका केन्द्रिय सदस्य पन्तद्वारा स्वास्थ्य सामग्री सहयोग

नेपाली काङ्ग्रेसको भातृ संस्था नेपाल तरुण विभागका केन्द्रिय सदस्य ध्रुव पन्तले गोरखा नगरपालिका वडा नं. १२ का विभिन्न तीन विद्यालयलाई स्वास्थ्य सामग्री वितरण गरेका छन् ।


वडा नं. १२ को महेन्द्र मावि कुन्दुर, शान्ति आधारभूत विद्यालय र नवज्योति आधारभूत विद्यालयलाई स्वास्थ्य सामग्री बितरण गरेका हुन् ।


विद्यालयमा आयोजित अलग अलग कार्यक्रममा पन्तले मास्क बाह्रसय थानका दरले र पाँचपाँच लिटरका दरले सेनिटाईजर प्रदान गरेका हुन् ।


कोभिड महामारीका बीच पनि विद्यालय संचालन भएकाले विद्यार्थीलाई जोखिमबाट जोगाउन स्वास्थ्य सामग्री सहयोग गरेको पन्तले बताए ।


उक्त कार्यक्रममा तरुण दलका जिल्ला सदस्य सुरेन्द्र कुमाल र क्षेत्रीय उपाध्यक्ष किरण आलेको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्