| शुक्रबार, बैशाख ७, २०८१

गोरखामा शुक्रवार २१ जना कोरोना संक्रमित थपिए

गोरखामा शुक्रवार २१ जना कोरोना संक्रमित थपिएका छन् । गोरखा नगरपालिकाका ८ जना, आरुघाट गाउँपालिकाका ८ पालुङटार नगरपालिकाका चार जना, भिमसेन थापा गाउँपालिकामा एक जना संक्रमित थपिएका हुन् ।

गोरखा नगरपालिकामा थपिएका ३ जना प्रहरी, वडा नम्बर, ५, ६, ७, ८ र ११ का गरी एकएक गरी एक जना महिला र सात पुरुष रहेका छन् । यस्तै भिमसेन थापा गाउँपालिका वडा नम्बर ४ कि एक महिलालाई पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नारायणबाबु अर्यालले बताए ।

आरुघाट गाउँपालिकामा थपिएका ८ जना मध्ये वडा नम्बर ४, ५, ९ र १० नम्बरका छन् । एक महिला र ७ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

जिल्ला भरी शुक्रवार सम्म तीन सय ६७ जना कोरोना संक्रमित थपिएका छन् भने ८५ जना महिला र दुई सय ४७ जना जना पुरुषको पिसिआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

यी मध्ये ८७ जनाको भने शुक्रवार स्वाब संकलन गरिएको हो । शुक्रवार सम्म ३० जना सामुयिक आइशोलेसनमा छन् भने ८२ जना होम आइशोलेसनमा रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्शन अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्