| शनिबार, बैशाख ८, २०८१

गोरखा नगरपालिका भित्र ११ जना कोरोना संक्रमित थपिए

गोरखा नगरपालिकामा आज ११ जना कोरोना संक्रमित थपिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

गोरखा नगरपालिका वडा नम्बर ६ को आठ जना, १२ को दुई जना र वडा नम्बर ९ को एक जना रहेका छन् ।

गोरखा नगरपालिका ६ मा २१,२४,४३, ६८ वर्षकी महिला र २९,३०,४०,४१ वर्षका पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

वडा नम्बर १२ मा २५ र २८ वर्षका पुरुष र ९ मा ३६ वर्षका पुरुषलाई कोरोना पुष्टि भएको जनस्वास्थ्य अधिकृत इश्वर रेग्मीले बताए । असोज ३० गते पिसआर गरीएका ४० मध्ये ११ जनाको रिपोर्ट आएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्