| बिहिबार, मंसिर ११, २०७७

श्रीनाथकोट स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग

गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ७ को श्रीनाथकोट स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।

गोरखा समाज युकेले ३० हजार रुपैयाँ मूल्य बरावरको मास्क, सेनिटाईजर, थर्मल गन, ग्लोब्स लगायतका सामग्री उपलब्ध गराइएको स्वास्थ्य चौकीका प्रमुख विश्वनाथ पाण्डेले बताए ।


हाल युके बस्दै आएका सोही ठाउँका अशोक ढकालको समन्वयमा भीम गुरुङ र कृष्णप्रसाद ढकालमार्फत युके समाजले पठाएको उक्त सामग्री वडा अध्यक्ष सुरज ढकालले मंगलवार स्वास्थ्य चौकी प्रमुख पाण्डेलाई हस्तान्तरण गरेका हुन् ।

उक्त सामग्री स्वास्थ्यकर्मीले बिरामीलाई उपचार सेवा दिने क्रममा प्रयोग गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्