| बिहिबार, मंसिर ११, २०७७

बिदेशमा बसेकालाई गाउँको माया, स्वास्थ्य चौकी र विद्यालयलाई सहयोग

गोरखाको शहिदलखन गाउँपालिका ७ बुङ्कोटको स्वास्थ्य चौकी र विद्यालयका लागि देशका बिभिन्न ठाउँ र कामका शिलसिलामा बिदेशमा रहेका स्थानीयले आर्थिक सहयोग गरेका छन् ।


स्थानीय निरोज थापाले जापनबाट एक लाख ३३ हजार, शहिदलखन ८ का अर्जुन भण्डारीले अमेरीकाबाट ११ हजार, स्थानीय किरणबाबु श्रेष्ठले ३० हजार, गोपालबाबु श्रेष्ठले काठमाण्डौँबाट ११ हजार आर्थिक सहयोग गरेका छन् ।

नबराज श्रेष्ठले नर्बेबाट १० हजार, किरण श्रेष्ठको समन्वयमा पोखराबाट १० हजार, विष्णु थापा मगरले अमेरीकाबाट १० हजार नगद सहयोग गरेका वडा अध्यक्ष शरण श्रेष्ठले बताए ।
यी रकम बुङ्कोट स्वास्थ्य चौकीको ल्याब ब्यवस्थापनका लागि माईक्रोस्कोप खरिदमा धेरै खर्च हुनेछ ।

केही रकम शहिद स्मृती माध्यामिक विद्यालयमा शैक्षिक सामग्री ब्यवस्थापनमा खर्च गर्ने गरी दाताले सहयोग गरेका वडा अध्यक्ष श्रेष्ठले बताए । माईक्रोस्कोप दशैँ लगत्तै खरिद गरी स्वास्थ्य चौकीलाई हस्तान्तरण गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्