| बिहिबार, मंसिर ११, २०७७

कर्मचारीमा कोरोना देखिएपछि भिमसेन थापा गाउँपालिकाको सेवा बन्द

गाउँपालिकामा कार्यरत कर्मचारीमा कोरोना देखिएपछि गोरखाको भिमसेन थापा गाउँपालिकाको सेवा बन्द गरिएको छ । अर्को सुचना जारी नहुँदा सम्म आज देखि गाउँपालिकाको सेवा बन्द गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत भेषराज खनालले बताए ।


एक जना कर्मचारीमा कोरोना देखिएपछि सेवा बन्द गरेर प्रत्यक्ष सम्पर्कमा रहेकाहरुको पिसिआर जाँच गर्ने तयारी गरिएको गाउँपालिका अध्यक्ष इश्वर पाण्डेले जानकारी दिए ।


साथै गाउँपालिकामा कात्तिक २ गतेदेखि ६ गते सम्म सेवा लिन पुगेका सेवाग्राहीलाई सावधानी अपनाउन पनि गाउँपालिकाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्