| शनिबार, बैशाख ८, २०८१

गोरखा जेसिजको भवन शिलान्यास


आशिष कुमार भट्टः गोरखा जेसीज गोरखाको बन्न लागेको नयाँ भवनको शिलान्यास भएको छ । बुधबार बिहान एक कार्यक्रमको आयोजना गरी भवन शिलान्यास गरिएको हो । गोरखा नगरपालिकाका मेयर राजनराज पन्तबाट शिलान्यास भएको जेसिजका सचिव शिवहरि तिमिल्सिनाले जानकारी दिए ।


गोरखा नगरपालिका वडा नं. ६ मा बन्न लागेको सो भवनाका लागि आवश्यक जग्गा जेसिजका पूर्व अध्यक्ष धिरजबहादुर मास्केले निशुल्क प्रदान गरेका थिए ।


उक्त भवन निर्माणका लागि करिब ४५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको सचिव तिमल्सिनाले जानकारी दिए । भवन निर्माणका लागि गोरखा नगरपालिका वडा नं ६ बाट पाँचलाख रुपैँया बिनियोजन प्राप्त भएको जेसिजले जनाएको छ ।


त्यस्तै बर्ष २०१० का अध्यक्ष विष्णु रानाले रु. ५० हजार पाँच सय रुपैँया भवन शिलान्यास कार्यक्रममा हस्तान्तरण गरेका छन् ।


सो कार्यक्रममा मेयर पन्त, जग्गादाता मास्के, निवर्तमान अध्यक्ष राजिव अधिकारी र वर्तमान अध्यक्ष सुवास मल्लले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्