| बिहिबार, माघ १५, २०७७

बलात्कारका घटनामा मेची महाकाली बुहारी संयुक्त आवाजद्वारा बिरोध


गोरखामा बढ्दै गएको बलात्कारका घटनाप्रति मेची महाकाली बुहारी संयुक्त आवाज गोरखाले बिरोध जनाएको छ ।

बुधबार सदरमुकाममा पत्रकार सम्मेलन गर्दै संयुक्त आवाजकी अध्यक्ष सपना पुनले केहीदिनअघिदेखि बढ्दै गएको बलात्कारका घटनाको बिरोध गरेको हो ।


‘गोरखामा एकैदिन तीनवटा बलात्कारको मुद्धा दर्ता भएको भन्ने दरौंदी दैनिकमा प्रकाशित समाचारप्रति हाम्रो गम्भीर ध्यानआकर्षण भएको छ’ उनले भनिन्, ‘एउटा घटनाका दोषी फरार भन्ने खबर आएको छ । अभियुक्त चाँडै पक्राउ पर्नुपर्छ । सबै पिडकलाई यस्तो कडा कारबाही होओस् कि, अरुले अब त्यस्तो हर्कत गर्ने प्रयास नगरुन् ।’


कार्यक्रममा उपस्थित बुहारी संयुक्त आवाजकी सल्लाहकार मनकुमारी गुरुङले जिल्लामा महिलाप्रति हुने कुनैपनि हिँसा, हत्या, दुव्र्यवहारको घटनाको बिरोध गरी कारबाही प्रक्रियामा ल्याउन आफ्नो संस्थाले जोड दिने बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्