| बिहिबार, मंसिर ११, २०७७

गोरखामा पनि छठ मनाउँदै (फोटो फिचरसहित)


गोरखा सदरमुकाममा बसोबास गरेका तराइ, मधेश मूलका बासिन्दाहरुले धुमधामका साथ छठ मनाएका छन् ।


गोरखा सदरमुकामको रानीपोखरी परिसरमा मधेशी समुदायका महिलाहरुले छठी माइको पूजाआजा गरी छठ मनाएका हुन् ।

‘गए राती केही खानेकुरा खाएपछि आज दिनभर महिलाहरु ब्रत बसे । साँझ रानीपोखरीको खुल्ला चौरमा स्थापना गरिएको छठीमाईको मन्दिरमा पूजाआजा गरे’, पूजा व्यवस्थापनमा खटिएका सर्जु शाहले भने, ‘अब शनिबार बिहान सूर्य उदाउने बेलामा छठीमाई पोखरीमा अर्घ दिएपछि पूजा समाप्त हुन्छ ।’


यसबर्ष गोरखामा सातजना महिलाहरु व्रत बसी छठीमाईको पूजा गरेका छन् । छठ मनाउन पैत्रिक थलो जान नपाएका तराई, मधेश मूलका अन्य सर्वसाधारण पनि सो पूजास्थलमा भेला भई छठी माईको भक्ति गरेका छन् ।

गोरखामा गतबर्षबाट छट मनाउन सुरु गरिएको हो । यसबर्ष कोरोनाका कारण संक्षेपमा मनाइएको र आउँदो बर्ष अझ भव्य रुपमा मनाइने तेतर मुखियाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्