| बिहिबार, मंसिर ११, २०७७

मन्त्री लेखबहादुर थापाको सांसद कोषको बजेट बाँडफाँट

कृषि पर्यटन तथा सहकारी मन्त्री लेखबहादुर थापाले यसबर्षको आफ्नो संसदीय क्षेत्रको बजेट तथा कार्यक्रम बाँडफाँट गरेका छन् ।

गत कात्तिक २८ गते मन्त्री थापाको अध्यक्षतामा सम्पन्न निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम, निर्देशक समितिको बैठकले गोरखा क्षेत्र नं. १ को प्रदेश नं कका लागि बिभिन्न २५ वटा कार्यक्रमका लागि दुई करोड रुपैयाँ बाँडफाँट गरेको हो ।
बैठकले कोखे आहाले, देउरालीडाँडा, गाईखुर, भोगटेनीडाँडा सडकका लागि २५ लाख रुपैयाँ बिनियोजन गरेको छ । त्यस्तै आहालेमा मुस्लिमको कबरस्तानको घेरापर्खाल निर्माणका लागि २५ लाख रुपैयाँ, गाईखुर रजेटार टोल विकास संस्थाको कार्यालय भवन निर्माणका लागि तीनलाख रुपैयाँ बिनियोजन गरेको छ ।

विन्दवासिनी माविमा शहिद प्रकाश धिताल स्मृति मञ्च निर्माणका लागि छ लाख रुपैयाँ बिनियोजन भएको छ भने गोनपा ४ को नमूना टोल विकास सँस्थाको कार्यालय भवन निर्माणका लागि चारलाख, सतिपिपल, काफलघारी, स्वाँरा घलाङ सडक स्तरोन्नतिका लागि आठलाख रुपैयाँ बिनियोजन भएको छ ।
त्यस्तै सो बैठकले गोरखा अस्पतालस्थित शवगृह छेउमा घेरापर्खाल र होर्डिङबोर्ड निर्माणका लागि छ लाख, नेपाल मगर संघ, जिल्ला कार्यसमिति गोरखाको भौतिक पूर्वाधार निर्माणका लागि आठलाख, बजरे, पाङखोला, श्यामतेस चेपाङगाउँमा बाख्राको खोर तथा अन्य पूर्वाधार निर्माण कार्यक्रमका लागि छ लाख बिनियोजन गरेको छ ।


गण्डकी २ याङ्दीको शिव पार्वती कृषि सामुदायिक भवन निर्माणका लागि सात लाख, गण्डकी ३ को तिवारीगाउँदेखि मसाजुडे पुण्यगाउँ, बटुकीभैरव मन्दिर जाने सिँडी बाटो निर्माणका लागि पाँचलाख, गण्डकी ४ को कालिका युवा क्लव ढावेको युवा क्लव भवन निर्माणका लागि सात लाख, सानो दर्वुङको अन्नपूर्ण महिला समूहको भवन निर्माणका लागि आठलाख, गण्डक ६ को महाकाली एकीकृत युवा क्लव निर्माणका लागि सात लाख रुपैयाँ बिनियोजन भएको छ ।

त्यस्तै गण्डकी ७ को कृषि तथा वन विज्ञान अनुसन्धान केन्द्रको भौतिक पूर्वाधार निर्माणका लागि ६ लाख, गण्डकी ८ को सिउरेनीटार कृषि सामुदायिक भवन निर्माणका लागि आठ लाख, शहीदलखन गाउँपालिका ३ को दारसिङ महिला समूहको अधुरो भवन निर्माण सम्पन्न गर्न तीनलाख रुपैया बिनियोजन भएको छ ।

त्यस्तै सहिद लखन गाउँपालिका ३ कै सिम्ले घुलीस्वाँरा महिला समूहको सामुदायिक भवन निर्माण सम्पन्न गर्न तीनलाख, शहीद लखन गाउँपालिका ४ को देवी महिला समूहको सामुदायिक भवन निर्माण सम्पन्न गर्न र सौचालय निर्माण गर्न ६ लाख, शहीद लखन ५ को उपशक्ति युवा क्लवको भवन निर्माणका लागि ७ लाख, बिनियोजन भएको छ ।
त्यस्तै शहीद लखन ६ को कोटथोक पर्यटन सामुदायिक भवन निर्माणका लागि सातलाख, शहीदलखन ६ को तल्लो ज्यामिरस्वाँरा सामुदायिक भवन निर्माणका लागि सातलाख, शहीद लखन ७ को थापागाउँ कृषि सामुदायिक भवन निर्माणका लागि सातलाख, शहीदलखन ८ मा छापथोक कृषि सामुदायिक भवन निर्माणका लागि ७ लाख र शहीद लखन ९ को शहीद अविनाश स्मृति युवा क्लवको अधुरो भवन निर्माणका लागि छ लाख रुपैयाँ बिनियोजन गरेको छ ।
बैठकले प्रशासनिक खर्चका लागि पाँच लाख रुपैयाँ बिनियोजन गरेको मन्त्री थापाका स्वकीय सचिव भरत खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्