| बिहिबार, मंसिर ११, २०७७

फुपुको घरबाट आफ्नो घर हिँडेका पुरुष खेतमा मृत भेटिए

गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ जोगिस्थानका एक पुरुष फुपुको घरबाट आफ्नो घर फर्कँदै गर्दा खेतमा मृत भेटिएका छन् ।

बिहिवार साँझ फुपुको घरबाट आफ्नो घर हिँडेका ३७ वर्षिय रामबहादुर कुमाल पालुङटार ८ ढोढधारी सिमाना खोल्सी नजिकै खेतमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
बाटोबाट करिब तीन सय मिटर तल दलदल हिलो भएको ठाउँमा उनको शव भेटिएको पालुङटार प्रहरीलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालयका एसपी सुरेन्द्र गुरुङले बताए । मृतकले मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ ।

शव पोष्टमार्टमका लागि गोरखा अस्पताल ल्याइएको र घटनाबारे थप अनुसन्धान भईरहेको एसपी गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्